नेप्सेमा सामान्य गिरावट, वेवसाइट नचल्दा लगानीकर्तालाई सास्ती-Sutra News

नेप्सेमा सामान्य गिरावट, वेवसाइट नचल्दा लगानीकर्तालाई सास्ती

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं- सेयर बजारमा बिहीबार सामान्य गिरावट आएको छ। हप्ताको अन्तिम दिन सेयर बजार १.३९% ले घटेर १३८१.३७ अंकमा आएको छ।



अघिल्ला दिनहरुमा पनि सेयर बजारमा सामान्य गिरावट आइरहेको थियो। तर, बजार घटे पनि कारोबार रकम भने उत्साहजनक भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन्।

त्यस्तै, नेप्सेको वेवसाइट नचल्दा लगानीकर्तालाई सास्ती भएको नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेलले बताइन्। उनले अधिकांश लगानीकर्ताहरु उपत्यका बाहिर रहेको र इन्टरनेटको माध्यमबाट कारोबार गर्ने भएकाले नेप्सेको वेवसाइट नचल्दा समस्या भएको बताइन्।

यता, नेप्सेका एक अधिकारीका अनुसार वेवसाइटमा भिजिटर बढेकाले ‘स्लो’ हुन पुगेको हो। त्यसका लागि पहल भइरहेको उनले बताए। 

बिहीबार १८६ कम्पनीको ९१ करोड ८१ लख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

त्यस्तै २३ लाख ३७ हजार ३२० कित्ता सेयर खरिद-बिक्री भएको छ। कूल १२ समूहको कारोबार भएकोमा ६ समूह माथि उक्लेका छन्। जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै ५०.८ अंकले बढेको छ। वाणिज्य बैंक समूह ३.९३ अंकले तल झरेको छ।

गुराँस लघुवित्त र अजोड इन्सुरेन्सको भाउ सर्किट लाग्नेगरी १०५ ले बढेको छ। महिला सहयात्रा लघुवित्तको भाउ सबैभन्दा धेरै ६.०६५ ले घटेको छ। खरिद-बिक्री रकममा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट