सुन प्रतितोला एकलाख २ हजार ५ सयमा कारोबार-Sutra News

सुन प्रतितोला एकलाख २ हजार ५ सयमा कारोबार

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं–सुनको मूल्य पुनःवृद्धि भएको छ । बुधवार प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कोरोबार भएको सुन आज ११ सय रुपैयाँले बढेर १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको हो ।



बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ सय कायम भएको हो भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख २ हजार निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज चाँदीको मूल्य रु ५० ले बढेको छ । प्रतितोला सेतो धातुको मूल्य आज रु एक हजार १३ सय ४५ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट