चर्चित गीत ‘लालुमै’को दोस्रो भाग ‘साइबो लालुमै २’ सार्वजनिक-Sutra News

चर्चित गीत ‘लालुमै’को दोस्रो भाग ‘साइबो लालुमै २’ सार्वजनिक

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । करिब पाँच वर्षअघि सार्वजनिक भएको ‘लालुमै’ गीतको दोस्रो भाग लालुमै २ साइबो सार्वजनिक भएको छ ।



गायक सन्दीप न्यौपानेले विष्णु माझीसँग गाएको यी गीतबाट राम्रो सफलता पाएका थिए । यसपछि उनले आफ्नो सांगीतिक क्षेत्रमा पछाडि फर्किनु परेको छैन ।

यही गीतबाट उनले देश तथा विदेशका सांगीतिक कार्यक्रममा सहभागी हुने मौका पाएका थिए । यो गीतले अहिलेसम्म चार करोड ३५ लाखभन्दा बढी दर्शक पाएको छ ।

यसकै दोस्रो भागमा उनै गायकले गायिका सहिमा श्रेष्ठका साथमा साइबो लालुमै २ ल्याएका हुन् । सार्वजनिक गीतमा शिव हमालको शब्द तथा संगीत रहेको छ । मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा श्रृष्टी खड्का र अस्मिक लम्सालको अभिनय रहेको छ ।

उक्त भिडियोमा भौगोलिक कला संस्कृति झल्कने गरी कोरियोग्राफी गरेको देख्न सकिन्छ । डान्सिङ बिट रहेको गीतमा श्रृष्टी र अस्मिकले नृत्य प्रस्तुत गरेका छन् । यो गीतले लोक संगीतमा भएको नेपाली मौलिकताको खडेरीलाई चिर्दै मौलिक सँस्कृतिको जगेर्ना गरेको देखिन्छ।

नवराज उप्रेतीको छायाकंन रहेको भिडियोमा मिलन विश्वकर्माको कलर तथा सम्पादन रहेको छ । गायक सन्दीपको यसअघि ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीत चलेका गीतमा पर्छन् । यो गीतबाट गायक न्यौपाने पहिलो भाग जस्तै दर्शकबाट साथ पाउनेमा आशावादी छन् । महँगो लगानीमा तयार पारिएको उक्त गीतको भिडियो शिव हमालको च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट