‘फर्की फर्की’को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स-Sutra News

‘फर्की फर्की’को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ अभिनीत प्रतीक्षित फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।



आगामी जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो फिल्मको गीतमा गायक रोमन बज्राचार्य र गायिका निकिता थापाको स्वर रहेको छ । रोमनकै शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोमा अनमोल र जसिता रोमान्टिक अवतारमा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको फिल्म ‘फर्की फर्की’ मा सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको छ ।

फिल्मका निर्माता ओमप्रकाश अग्रवाल, मनोज वली र अरुण रिजाल र सह-निर्माता रामु न्यौपाने हुन् ।

टाइम लुपको कथालाई उठान गरेको फिल्ममा अनमोल र जसिताका अलवा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा, किरण थापाको कोरियोग्राफी छ ।

केही समयको अन्तरालपछि अनमोलको नयाँ फिल्म आउन लागेको हो । नयाँ फिल्मका लागि अनमोल पनि उत्साहित छन् । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारी हुन् ।

फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले दर्शकको माया पाइरहेको छ । यसैले, जेठको १० गते बक्स अफिसमा यो फिल्मले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट