नेपाललाई साउदी अरेबियाले दियो ७४ रनको लक्ष्य-Sutra News

नेपाललाई साउदी अरेबियाले दियो ७४ रनको लक्ष्य

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाललाई साउदी अरेबियाले ७४ रनको लक्ष्य दिएको छ ।



समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालविरुद्ध ब्याटिङ गरेको अरेबियाले ७३ रन बनाएको हो । नेपाल र साउदी अरबको खेल ८-८ ओभरको हुँदैछ ।

नेपालका लागि करण केसी र अभिनास बोहराले दुई-दुई विकेट लिए । यस्तै, ललित राजवंशी र प्रतिश जिसीले एक-एक विकेट लिए ।

ब्याटिङतर्फ साउदी अरेबियाका अब्दुल वाहिडले सर्वाधिक ३७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकले रन बनाउन सकेनन् ।

नेपालको प्लेइङ ११ कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, प्रतिश जि.सी. र अभिनाश बोहरा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट