साताको पहिलो दिन तपाईंको राशी कस्तो ? हेर्नुहोस् राशिफल-Sutra News

साताको पहिलो दिन तपाईंको राशी कस्तो ? हेर्नुहोस् राशिफल

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

आज मिति विं.सं. २०८० चैत २५ गते आइतबार । सन् २०२४ अप्रिल ७ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः४७ बजे भयो भने सूर्यास्त साँझ ६ः२४ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । तर, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । आरोग्यता रहनेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्य सफल रहला ।

बृष

शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने यात्रामा विशेष लाभ होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ ।

मिथुन

प्रेमको बन्धन कसिएला । दाम्पत्य जीवन पनि सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । आरोग्यता रहनेछ । मान पुरस्कार प्राप्त हुने योग छ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट

मिश्रित फलदायी समय छ । व्यावसायिक यात्राको सम्भावना छ भने सामान्य आम्दानी भइरहनेछ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । दाम्पत्य सुख बढ्नेछ । शत्रु माथि विजय प्राप्त होला । आरोग्यता रहनेछ ।

सिंह

इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । स्वास्थ्यगत दृष्टिले केही कमजोर भएको अनुभूति होला । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन भने सकिनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

आजको दिन केही बाध्यताका काममा जुट्नुपर्ला । सामान्य विवादमा समेत परिने योग छ, सजग रहनुहोला । मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । प्रेमभाव बढ्ला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मान महत्वमा कमी आउनेछैन ।

तुला

व्यस्तता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन केही बढी नै मिहेनत गर्नुपरे पनि सोअनुसार राम्रै आर्जनको अवसर मिल्ला । मुद्दा–मामिलामा विजयी भइनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ । आफन्तजन सहयोगी रहनेछन् ।

बृश्चिक

आजको दिन परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्ने सम्भावना छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । साझेदारीमा समस्या आउने योग छ । तथापि, पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाएर मात्र काममा हात हाल्नु हितकर होला ।

धनु

आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन्, जसले प्रसन्नता दिलाउला । आफन्तसँग भने सामान्य असमझदारी बढ्न सक्छ । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । तथापि, मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कुम्भ

प्रतिभा प्रदर्शन गरी प्रशंसा प्राप्त हुने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । बौद्धिक कार्यबाट राम्रै धनलाभ होला । अरूको फाइदाका लागि उपयोग भइएला, सचेत रहनुहोला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।

मीन

प्रतिष्ठित काम गर्ने मौका जुर्ला । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । तर हातमा आएको अवसर गुम्न सक्ने योग रहेकोले सावधानीका साथ कार्य गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट