बृष, बृश्चिक र मकर राशीको शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

बृष, बृश्चिक र मकर राशीको शुभ, तपाईंको दिन कस्तो ?

बिहिबार, २२ चैत्र २०८०

बिहिबार, २२ चैत्र २०८०

आजको मिति विं.सं. २०८० चैत २२ गते बिहीबार । सन् २०२४ अप्रिल ४ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः५० बजे भयो भने सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ ।



मेष

प्रेमको बन्धनमा कसिनेछ । रोकिएका काम बनेर उत्साह जाग्ने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सवारीसाधन उपयोग गर्दा अघि–पछिको तुलनामा अलिक सावधानी अपनाउनुपर्ला । जोखिम बढ्नेछ । कठोर मिहिनेतले मात्र काम बन्नेछ । साहस वृद्धि होला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा मिल्ला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्नचाहिँ केही समय पर्खंदा राम्रो हुनेछ । नियमित कार्यलाई निरन्तरता दिन सकिनेछ । दाम्पत्य सुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । आरोग्यता रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन

आजको दिन बाध्यताका काममा जुट्नुपर्ने र यात्रामा समस्या आउनसक्ने योग छ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । कुनै पुरानो सम्झौता भंग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । ऋण रोग र शत्रु सित लड्ने क्षमता बढ्नेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त होलान् ।

कर्कट

चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आशा देखाउनेहरूको भर पर्दा धोका हुन सक्छ । तथापि, समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । प्रेमपात्रसित भेटघाट हुनेछ भने प्रेमभाव बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

समय प्रतिकुल रहेको अनुभूति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । खर्च र व्यस्तता बढ्नेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । यसका बाबजुद लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । पारिवारिक कार्यमा सफलतमा मिल्नेछ ।

कन्या

आजको दिन स्वास्थ्य केही कमजोर रहला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । तथापि, आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्नेछ । पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछन् । रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला

प्रतिभा देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्ला । प्रयत्न गरेका काम ढिलै सम्पादन हुनेछ । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय रहेकोले सावधानी अपनाउनु हितकर होला । आरोग्यता बढ्नेछ । यात्रागत कार्य बन्नेछ ।

बृश्चिक

नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग रहेकोले विशेष सावधानी अपनाउनु उत्तम हुनेछ । शोख पूरा गर्नमा खर्च हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहला ।

धनु

प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । विगतका समस्या बल्झिन सक्ने योग छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । खर्च र लगानी वृद्धि हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

समय अनुकुल छ । संघर्षको माध्यमबाट अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । शत्रुहरू किनारा लाग्नेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । विशेष योजनाहरू बन्नेछन् । कर्मबलका साथै आय बढ्नेछ । नियम कानुनले साथ दिनेछ ।

कुम्भ

न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । आर्थिक विकाससित सम्बन्धित कार्य अघि बढ्ला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ, सावधान रहनुहोला । यसका बाबजुद लेखन प्रकाशनसित सम्बन्धित काम र वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट