‘कमेडी च्याम्पियन’का निर्देशक भण्डारी हाजिरी जमानीमा रिहा-Sutra News

‘कमेडी च्याम्पियन’का निर्देशक भण्डारी हाजिरी जमानीमा रिहा

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

काठमाडौं । शुक्रबार चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टोली सवार कार दुर्घटना भयो । घटनामा ६ जना सवार उक्त कार भक्तपुरमा रोकेर राखिएको टिप्परमा ठोक्किएको थियो ।



सोही घटनामा घाइते भएका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी र पूजन अधिकारीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरेको थियो । मदिरा सेवन गरी कार चलाउँदा कार दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनीहरू हाजिरी जमानीमा रिहा भएका हुन् ।

शनिबार साँझ घाइतेका परिवारसँग राखेर छलफल गरेर सम्पूर्ण उपचार खर्च बेहोर्ने गरी कागज गरेपछि कागज गराएपछि निर्देशक भण्डारी र अधिकारी हिरासतमुक्त भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटना भएको कारमा सवार कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आइसियुमै रहे पनि अहिले घाइतेको अवस्था सुधारोन्मुख देखिएकाले हाजिरी जमानीमा छोडिएको तथा भोलि तलमाथि भएको अवस्थामा सवारी ज्यानको मुद्दा चल्ने अवस्था कायमै रहने प्रहरीले जनाएको छ ।

बिहीबार निर्देशक भण्डारीले चलाएको बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरू नगरकोटबाट फर्किँदै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा भर्ना गरिएको थियो । कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार थिए । बाँकी सबैको अवस्था सामान्य भएर डिस्चार्ज भए पनि सुशान्तको अवस्था अझै गम्भीर रहे पनि सुधारोन्मुख रहेको मध्यपुर अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

‘कमेडी च्याम्पियन’का सुशान्त भेन्टिलेटरमा भर्ना, विशालसहित दुई जना हिरासतमा

‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना, ६ जना घाइते मध्य एक गम्भीर

को हुन् भेन्टिलेटरमा पुगेका ‘कमेडी च्याम्पियन’का सुशान्त ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट