‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना, ६ जना घाइते मध्य एक गम्भीर-Sutra News

‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना, ६ जना घाइते मध्य एक गम्भीर

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का सञ्चालक तथा फिल्म निर्देशक विशाल भण्डारी सवारी दुर्घटनामा परेका छन् ।



आज बिहान करिब ३ बजे भण्डारी सहितका ६ व्यक्तिहरू चढेको कार नगरकोटबाट फर्कँदै गर्दा उक्त दुर्घटना भएको हो। उनीहरू सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । सो कार प्रदेश ३ ०१ -००३ -प ६२९८ नम्बरको टिपरसँग ठोकिएको बताइएको छ ।

दुर्घटनाबाट घाइते हुनेमा निर्देशक भण्डारी, कमेडियन सुशान बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेका छन् । जसमध्ये विशाल भण्डारी र पूजन अधिकारीलाई सामान्य चोट लागेको र सामान्य उपचारपछि उनीहरू डिस्चार्ज भएको प्रहरी स्रोतले बतायो ।

दुर्घटना लगतै उनीहरूलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । चार जनाको हाल उपचार भइरहेको बताइएको छ । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् । उपचाररत एक जनाको भने अवस्था गम्भीर जनाएको छ । जसमा सुशान्तको अवस्था केही गम्भीर रहेको स्रोतले बतायो ।

दुर्घटनापश्चात् प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो ।

डिस्चार्ज भएका विशाल भण्डारी र पूजन अधिकारी अहिले जिल्ला प्रहरी कार्यालय भक्तपुरको नियन्त्रणमा छन् । दुवैले कार आफैँले चलाएको भनेर दाबी गरिरहेको र कार कसले चलाएको थाहा नभएका कारण दुवै जनालाई नियन्त्रणमा राखेको छ ।

विशाल र पूजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्योल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पूजन थिए । तर, उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले उल्लेख गरेको छ। हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट