गृहमन्त्रीकै पार्टीका उम्मेदवारले उल्लंघन गरे निर्वाचन आचार संहिता-Sutra News

गृहमन्त्रीकै पार्टीका उम्मेदवारले उल्लंघन गरे निर्वाचन आचार संहिता

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१
इलामको क्षेत्र नं २ मा आज शनिबार भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि माङसेबुङ गाउँपालिका २ स्थित जनताकल्याण आधारभूत विद्यालयमा मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू । तस्बिर :रामकुमार लिम्बू / रासस,

काठमाडौं । इलाम २ मा भइरहेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले निर्वाचन आचार संहिताको उल्लंघन गरेका छन् ।



मतदानका क्रममा उनले निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदानमा सहभागी भएका हुन् । आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिह्न अंकित पोशाक वा ब्याज लगाउन पाइँदैन ।

रास्वपा उम्मेदवार लिम्बुले आफ्नो चुनाव चिह्न घण्टी अंकित भएको ब्याज लगाएर मतदान गरेका छन् । शनिबार बिहान माङसेबुङ २ स्थित जनता कल्याण आवासीय विद्यालय मतदान स्थलको ‘ख’ केन्द्रमा मतदान गरेका उनले आचार संहिता उल्लंघन गरेका हुन् ।

मतदानपछि उनी निर्वाचना चिह्नको ब्याज लगाएरै मतदान केन्द्रमा धुमिरहेका छन् । उनलाई निर्वाचन अधिकृतले समेत ब्याजको प्रयोगमा रोक लगाएका छैनन् ।

रास्वपा अहिले पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा छ । लामिछाने उपप्रधान तथा गृहमन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट