नेपाली बजारमा सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?-Sutra News

नेपाली बजारमा सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँ घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ४०० रुपैयाँले नै सुनको मूल्य वृद्धि भएको थियो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट