माङ्सेबुङ–२ गन्दा सुहाङलाई २८५३ मतको अग्रता, प्रतिस्पर्धी देखिएनन् मिलन-Sutra News

माङ्सेबुङ–२ गन्दा सुहाङलाई २८५३ मतको अग्रता, प्रतिस्पर्धी देखिएनन् मिलन

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले मतान्तर थप फराकिलो बनाउँदै लगेका छन् ।



पछिल्लो परिणामअनुसार निकटम प्रतिद्वन्द्वीभन्दा नेम्वाङ २८५३ मतान्तरले अघि छन् ।

एमालेका नेम्वाङले ९ हजार ४८४ मत ल्याउँदा कांग्रेसका डम्बर खड्काले ६ हजार ६३१ मत पाएका छन् ।

यता, स्वतन्त्र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिङले पनि दुई उम्मेदवारलाई पछ्याइरहेका छन् । उनले माङ्सेबुङसम्मको मतगणना गरिसक्दा ५ हजार ९५१ मत पाएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु भने निकै पछि परेका छन् । पछिल्लो मतपरिणामको ट्रेण्डलाई हेर्दा लिम्बु प्रतिस्पर्धीकै हैसियतमा देखिन्नन् । हालसम्म लिम्बुले १ हजार ४०१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट