को हुन् भेन्टिलेटरमा पुगेका ‘कमेडी च्याम्पियन’का सुशान्त ?-Sutra News

को हुन् भेन्टिलेटरमा पुगेका ‘कमेडी च्याम्पियन’का सुशान्त ?

शनिबार, १० चैत्र २०८०

शनिबार, १० चैत्र २०८०

काठमाडौं । शुक्रबार चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टोली सवार कार दुर्घटना भयो । घटनामा ६ जना सवार उक्त कार भक्तपुरमा रोकेर राखिएको टिप्परमा ठोक्किएको थियो ।



उक्त घटनामा घाइतेमध्ये सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको मध्यपुर ठिमी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पताल स्रोतले दिएको जानकारीअनुसार उनको अवस्था अचेत रहेको बताइएको छ ।

को हुन् बस्याल ?

नवलपरासी घर भई हाल काठमाडौं बस्दै आएका बस्याल एक स्ट्याण्डअप कमेडियन हुन् । उनी स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’बाट चर्चामा आएका हुन् ।

उनी कक्षा ८ र ९ मा पढ्दादेखि नै कमेडी गर्दै आएका थिए । त्यहीँबाट उनको कमेडियन यात्रा सुरु भएको थियो ।

उनलाई इण्डियन कमेडी निकै मन पर्नुको साथै नेपाली हास्य कलाकार विशाल गौतमको कमेडी निकै राम्रो लाग्ने थियो ।

सोही घटनामा घाइते भएका तथा ‘कमेडी च्याम्पियन’का सञ्चालक विशाल भण्डारीसहित दुई जनालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरेको छ ।

यो पनि पढ्नुहोस्

‘कमेडी च्याम्पियन’का सुशान्त भेन्टिलेटरमा भर्ना, विशालसहित दुई जना हिरासतमा

‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना, ६ जना घाइते मध्य एक गम्भीर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट