नेपाललाई वेष्ट इण्डिजले दियो २०५ रनको लक्ष्य-Sutra News

नेपाललाई वेष्ट इण्डिजले दियो २०५ रनको लक्ष्य

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाललाई वेष्ट इण्डिजले २०५ रनको लक्ष्य दिएको छ ।



टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले पूरा ओभर खेल्दै पाच विकेटको क्षतिमा २०४ रन बनाएको हो । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए ।

वेष्ट इण्डिजका लागि कप्तान रोष्ट्रन चेसले ७४ रन बनाए । यस क्रममा उनले नौ चौका र दुई छक्का प्रहार गरे । यस्तै, ओपनर अलिक एथानेजले ४७ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कमल ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहराले एक–एक विकेट लिए ।

नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जि।सी। विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट