कोशीमा किचलो : मुख्यमन्त्रीको दाबी पेश हुँदै, सर्वोच्चमा रिट हाल्न आइपुगे कार्की-Sutra News

कोशीमा किचलो : मुख्यमन्त्रीको दाबी पेश हुँदै, सर्वोच्चमा रिट हाल्न आइपुगे कार्की

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज दाबी पेस गर्ने तयारी गरेका छन् ।



एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने तयारी भएको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति भोलि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । बिहीकार दाबी पेश गरेर नियुक्तिदेखि शपथसम्मको तयारीमा एमाले र माओवादी केन्द्र जुटेको हो ।

नयाँ सरकार गठनको आह्वान भएसँगै आज बिहानै मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । उनी सर्वोच्च अदालतमा रिट दायर गर्न काठमाडौं आइपुगेका हुन् ।

मुख्यमन्त्री कार्कीले आफू संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धाराअनुसार अर्को सरकार गठन हुन नसक्ने जिकीर गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट