मतपरिणामको ‘ट्रेण्ड’लाई हेर्दा जमानत जोगाउन सक्दैनन् मिलनले-Sutra News

मतपरिणामको ‘ट्रेण्ड’लाई हेर्दा जमानत जोगाउन सक्दैनन् मिलनले

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । इलाम–२ को जारी मतगणनाको परिणामलाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले जमानत जोगाउनै नसक्ने देखिएको छ । प्रतिस्पर्धीको हैसियतमा समेत नदेखिएका लिम्बुले समग्र सदर मतको १० प्रतिशत मत नकटाउने देखिएको हो ।



रोचक विषय, माङसेबुङ गाउँपालिका रास्वपा उम्मेदवार लिम्बुको पालिका हो । उनी माङ्सेबुङ वडा नम्बर २ का स्थानीय हुन् । तर, माङसेबुङ २ मै लिम्बुले १०० मत कटाउन सकेनन् ।

उक्त वडाबाट एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई ५८६ मत खस्दा कांग्रेसका डम्बरबहादुर खड्काले ३५१ मत पाए । जहाँ स्वतन्त्र डकेन्द्रसिंह थेगिमले ३१७ मत पाउँदा रास्वपाका लिम्बुले भने जम्मा ९६ मत पाए ।

आफ्नै वडामा समेत नगन्य मत पाएका रास्वपाका लिम्बुले अन्य ठाउँबाट कसरी मत बढाउलान् ? प्रश्नमा देखिन्छ ।

समाचार तयार गर्दासम्म २५ हजार ४५१ सदर मतको गणना भइसकेको छ । जहाँ लिम्बुले जम्मा १४५१ मत पाएका छन् । जुन कुल गणना भएको सदर मतको ५.७ प्रतिशत मात्रै हो ।

इलाम–२ मा ६९ हजार २८७ मत खसेको थियो । जसका आधारमा हेर्दा, जमानत जोगाउन पनि करिब ६ हजारभन्दा बढी मत पाउनुपर्छ । तर, एक तिहाईभन्दा बढी मत गणना भइसक्दा लिम्बुले पाएको मतले जमानत जोगाउने सम्भावना कमजोर देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट