रामेछाप उडेको जहाजमा हाइड्रोलिक समस्या आएपछि काठमाडौं फर्कियो-Sutra News

रामेछाप उडेको जहाजमा हाइड्रोलिक समस्या आएपछि काठमाडौं फर्कियो

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गरेको छ ।



सोमबार बिहान घटना भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ ।

सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावन मार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट