बझाङमा कांग्रेसले लियो अग्रता, पछ्याउँदै एमालेका उम्मेदवार-Sutra News

बझाङमा कांग्रेसले लियो अग्रता, पछ्याउँदै एमालेका उम्मेदवार

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । बझाङ क्षेत्र १ प्रदेशसभा (क) को उपनिर्वाचनको मत गणना जारी छ । कूल २२ हजार २९६ मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।



कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ४०६ मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई एमालेका दमनबहादुर भण्डारीले ८ हजार १६५ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ११३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट