बझाङमा रोचक प्रतिस्पर्धा : एमालेका भण्डारी कांग्रेसका सिंहभन्दा ९ मतले अगाडि-Sutra News

बझाङमा रोचक प्रतिस्पर्धा : एमालेका भण्डारी कांग्रेसका सिंहभन्दा ९ मतले अगाडि

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । प्रदेशसभाअन्तर्गतको बझाङ–१(१)को उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाको परिणाममा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।



२६ हजार २१८ मत गन्दा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८८९ मत ल्याउँदै अग्रता लिएका छन् भने उनलाई कांग्रेसका अभिषेक बहादुर सिंहल ९ हजार ८८० मतसहित पछ्याइरहेका छन् । भण्डारी र सिंहबीचको मतान्तर जम्मा ९ मतको छ ।

यसअघिको लगातार सिंहले अग्रता लिइरहेका थिए ।

पछिल्लो मतपरिणामअनुसार बझाङ–१(१)मा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६६३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४०५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट