प्रेमीको १८ महिने छोरीको हत्या गरेपछि प्रहरीलाई गरिन् फोन-Sutra News

प्रेमीको १८ महिने छोरीको हत्या गरेपछि प्रहरीलाई गरिन् फोन

आइतबार, २९ पौस २०८०

आइतबार, २९ पौस २०८०

काठमाडौं । अमेरिका प्रहरीले १८ महिनाकी बालिकाको हत्या गरेको आरोपमा युवतीलाई पक्राउ गरेको छ ।



न्युयोर्क पोष्टका अनुसार २० वर्षीया एलिसिया ओवेन्सले गत वर्ष आफ्नो प्रेमीकी डेढ वर्षीया छोरीलाई ब्याट्री र नेल पालिस रिमुभर खुवाएकी थिइन् । चार दिन अस्पतालमा बसेपछि बालिकाको मृत्यु भएको हो ।

घटना सन् २०२३ को जुनमा पेन्सिलभेनियाको हो । न्युयोर्क पोष्टको रिपोर्टले प्रहरीलाई उद्धृत गर्दै युवतीको रगतमा एसिटोन (एक प्रकारको केमिकल) भेटिएको जनाएको छ ।

यो रसायन नेल पालिस रिमुभरमा पाइन्छ । पोस्टमार्टममा डेढ वर्षीया आइरिस रिटा अल्फेराको पेटमा सानो बटन आकारको ब्याट्री, धातुको स्क्रु र पानीको मोती फेला परेको खुलेको थियो ।

यसरी भयो हत्याको खुलासा

एलिसिया (आरोपी महिला) आइरिसका बुबा बेली जेकोबीसँग बस्थे । सोही समयमा आइरिसकी आमा एमिलीसँग बस्दै आएका थिए । अहिले बेली र एमिली सम्बन्ध विच्छेद भएसँगै अलग बस्छन् । अदालतले बेलीलाई आइरिसलाई भेट्न अनुमति दिएको थियो ।

गत वर्षको जुन २५ मा बेलीले आफ्नी छोरी आइरिसलाई घरमा ल्याए । केही समयपछि छोरीलाई प्रेमिकासँग घरमा छाडेर बजार गए । बजार पुगेपछि बेलीको फोन आयो ।

उसले भन्यो, “तिम्रो छोरीलाई केही भयो, बेली तुरुन्तै घर पुगे, उसले आइरिसलाई बेहोस फेला पारे ।” यसपछि आइरिसलाई अस्पताल लगियो ।

बेलीले घटनाबारे प्रहरीलाई पनि जानकारी गराएका थिए । प्रहरीले एलिसिया र बेलीलाई सोधपुछ गर्यो । एलिसियाले प्रहरीलाई बताइन् कि आइरिस ओछ्यानबाट खसेको र टाउकोमा चोट लागेको थियो ।

यसैबीच आइरिसको उपचार तीन दिनसम्म भयो । चौथो दिन उनको मृत्यु भयो । त्यसपछि पोस्टमार्टम भयो । बालिकाको पेटमा पेञ्च, ब्याट्री र एसिटोन भेटिएको थियो । प्रहरीले हत्याको कोणबाट अनुसन्धान थालेको थियो ।

प्रहरीले बेली र एलिसियाको फोन जाँच गरेको थियो । एलिसियाको फोनको सर्च हिस्ट्रीमा केही फेला परेपछि प्रहरी छक्क परेको थियो ।

एक प्रहरी अधिकारीले भने- “हामीले एलिसियाको फोनको सर्च हिस्ट्रीमा बालबालिकाको हत्या गर्ने तरिकासँग सम्बन्धित कुराहरू फेला पारेका छौँ, बालबालिकालाई हानी वा ज्यान लिन सक्ने घरायसी सामानको खोजी गर्थिन्, त्यहीँबाट उनलाई थाहा भयो कि सानो ब्याट्री र नेल पालिसले बालबालिकाको मृत्यु हुन सक्छ, उनले बालबालिकाका लागि विषाक्त हुन सक्ने सौन्दर्य उत्पादनहरू पनि खोजिन्, एलिसियाको खोज इतिहास उनको विरुद्ध हाम्रो सबैभन्दा ठूलो प्रमाण थियो ।” एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट