यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम-Sutra News

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

शनिबार, १६ पौस २०७९

शनिबार, १६ पौस २०७९

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः



नाइजेरियामा कु

सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले कु गरी तत्कालिन सरकार प्रमुख सिहु सागरी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो ।

चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिन

सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोभिड १९ नाम दिएको थियो । विभिन्न भेरियन्टमा देखिएको कोभिडले विश्वव्यापी महामारी बनेको छ । कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ ।

अमेरिकाद्वारा पानामा क्यानल पानामलाई हस्तान्तरण

लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको पानामा क्यानललाई सन् १९९९ मा अमेरिकाले औपचारिक रुपमा पानामालाई हस्तान्तरण गरेको थियो ।

सौर्यमन्डलमा दुर्लभ घटना

सन् २००९ को ३१ डिसेम्बरमा एउटा दुर्लभ घटना भएको थियो । सो दिन ब्लू मुन र चन्द्र ग्रहण एकै दिन परेको थियो । सौर्यमन्डलमा अव यस्तै दुर्लभ क्षण सन् २०२८ को नयाँ वर्षको पूर्वसन्ध्यामा देख्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट