टुँडिखेलमा तमु ल्होसारको रौनक (फोटो फिचर)-Sutra News

टुँडिखेलमा तमु ल्होसारको रौनक (फोटो फिचर)

शुक्रबार, १५ पौस २०७९

शुक्रबार, १५ पौस २०७९

काठमाडौं, १५ पुस । गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् ।काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् । टुंडिखेलमा भेला हुनुअघि सहरका विभिन्न स्थानबाट झाँकी, र्‍याली निकालिएको थियो ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि टुँडिखेल पुगेर तमु ल्होसार पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट