भारतीय औषधी सेवन गर्दा उज्वेकिस्तानका १८ बालबालिकाको ज्यान गयो-Sutra News

भारतीय औषधी सेवन गर्दा उज्वेकिस्तानका १८ बालबालिकाको ज्यान गयो

बिहिबार, १४ पौस २०७९

बिहिबार, १४ पौस २०७९

एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले बताएको छ।



मन्त्रालयका अनुसार प्रारम्भिक परीक्षणमा मेरियन बायोटेकद्वारा उत्पादित कफ सिरपको एउटा ब्याचमा इथाइलिन ग्लाइकोल नामक विषाक्त पदार्थ रहेको देखिएको हो।

द गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को भारतीय औषधि उत्पादन गर्ने कम्पनीको सम्बन्ध रहेको पाइएको केही सातापछि उज्बेकिस्तानले पनि उस्तै आरोप लगाएको बीबीसीमा उल्लेख छ ।

समाचारसंस्था एएनआईले लेखेअनुसार कम्पनीले खोकीको औषधि उत्पादन अस्थायी रूपमा रोकेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट