सन्दीप प्रकरण: उनकै कानून व्यवसायीले गरे पेसी स्थगित-Sutra News

सन्दीप प्रकरण: उनकै कानून व्यवसायीले गरे पेसी स्थगित

शुक्रबार, ८ पौस २०७९

शुक्रबार, ८ पौस २०७९

काठमाडौँ । त्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।



काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगमाथि सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको पुनरावेदनमाथिको बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो ।

बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । तर, लामिछानेको कानुन व्यवसायीका तर्फबाट पेसी स्थगित गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट