सन्जिबसँग इन्गेजमेन्ट गरिसकेकी मेलिनाले भनिन्- विचार मिलेन, विवाह हुन्न !-Sutra News

सन्जिबसँग इन्गेजमेन्ट गरिसकेकी मेलिनाले भनिन्- विचार मिलेन, विवाह हुन्न !

शुक्रबार, २० साउन २०७९

शुक्रबार, २० साउन २०७९

गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेको जानकारी दिएकी छन् । शुक्रबार सामाजीक संजालमा लेख्दै उनले यस्तो जानकारी गराएकी हुन् ।



केहीसमयअघि गायिका मेलिनाले नै सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै आफूले सन्जिब बराइलीसँग इन्गेजमेन्ट गरेको जानकारी गराएकी थिइन् । तर शुक्रबार अचानक उनले इन्गेजमेन्ट विवाहमा परिणत हु्न नसक्ने बताइन् । उनले आफूहरुको बिचार नमिलेपछि यस्तो निर्णयमा पुगेको बताएकी छिन् ।

उनले भनेकी छिन् – ‘ Engagement तोडिएको जानकारी ! केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । ‘

‘फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट