नेपालमा थप ४२ जनामा कोरोना संक्रमण, २४ घण्टामा ज्यान गुमाउनेको संख्या शून्य  -Sutra News

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण, २४ घण्टामा ज्यान गुमाउनेको संख्या शून्य  

मंगलबार, १५ चैत्र २०७८

मंगलबार, १५ चैत्र २०७८

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ४ हजार ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टीजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



त्यस्तै मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट