आहा तोरीबोरी ( फोटो फिचर )-Sutra News

आहा तोरीबोरी ( फोटो फिचर )

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

चितवन, २० मंसिर – चितवनका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेका छन् । खेतीयोग्य जमिन पहेँलै देखिन्छन् । यसले यहाँको सौन्दर्यसमेत बढाएको छ ।



तोरीका फाँटबाट टलक्क टल्किएको हिमाल र पहाड देख्न सकिन्छ । पृष्ठभूमिमा पहेँलै फूलेका तोरी, हिमाल र पहाडलाई देखाएर फोटो खिच्न पनि मानिस सौखिन हुन्छन् ।

चितवनमा करिब ४६ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये २८ प्रतिशत जमिनमा यो वर्ष तोरी खेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मिन बहादुर पुनले जानकारी दिए ।

तोरी तेलहन बालीअन्तर्गत पर्छ । ‘तेलहन बालीमा ९० प्रतिशतजति तोरी नै लगाउने गरिन्छ । यसपालि राम्रै क्षेत्रमा तोरी लगाएको पाइन्छ । तेल उत्पादनमा चितवन देशकै मुख्य जिल्लामा पर्छ’, उनले भने ।

जिल्लामा तोरीलगायत तेलहन बाली करिब १३ हजार हेक्टरमा लगाइएको उनी बताउँछन् । चितवनमा प्रति हेक्टर एक टन तोरी उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट