ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु-Sutra News

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरेको थयो ।



उक्त दुर्घटनामा ट्याक्टर चालक याङवरक गाउँपालिका-२ का ३३ वर्षीय नवराज बेघाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट