माधव नेपाल नेतृत्वको पार्टीमा जाने वामदेवको संकेत-Sutra News

माधव नेपाल नेतृत्वको पार्टीमा जाने वामदेवको संकेत

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौँ ।  नेकपा एमालेका नेता वामदेव गौतमले आफूले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जाने संकेत गरेका छन् । उनले एक शर्तसहित नेकपा एसमा जान खोजेको सचिवालयले जनाएको छ ।



उनले मार्गनिर्देशक सिद्धान्तमा बहुदलीय जनवाद हुनैपर्ने अडान राखेका छन् ।

शुक्रबार आफ्नो सचिवालयमार्फत एक प्रेस नोट लेख्दै गौतमले जनताको बहुदलीय जनवाद (जबज) मान्नुपर्ने बाहेक आफ्नो अर्को कुनै शर्त नभएको प्रष्ट पारेका हुन् ।

जारी प्रेस नोटमा भनिएको छ, ‘ क.माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त क.वामदेव गौतमले राख्नु भएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट