विद्रोही र सरकार समर्थक सेनाबीच झडप, ६५ जनाको मृत्यु-Sutra News

विद्रोही र सरकार समर्थक सेनाबीच झडप, ६५ जनाको मृत्यु

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

दुबई- यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् । 



ती सैन्य अधिकारीकाअनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् ।

४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् ।

यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट सुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट