अर्घाखाँचीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु, तीन घाइते-Sutra News

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु, तीन घाइते

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

अर्घाखाँची- पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।



मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाकाअनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट