सहकारी ठगी आरोपी दीपेशले बुझाउन सकेनन् चार लाख धरौटी-Sutra News

सहकारी ठगी आरोपी दीपेशले बुझाउन सकेनन् चार लाख धरौटी

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका दिपेश पुन थुनामा गएका छन् ।



रुपन्देही जिल्ला अदालतले शुक्रबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई चार लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त हुन आदेश दिएको थियो । तर उनले धरौटी बुझाउन नसक्दा थुनामा गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यसैगरी धरौटी नबुझाएका नवीन अछामी पनि थुनामा गएका छन् । न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएसँगै अन्य ६ जनालाई रिहा गर्न आदेश दिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकोमा थुनछेक बहसका क्रममा सात जना उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट