माछा मार्ने क्रममा बालकको मृत्यु-Sutra News

माछा मार्ने क्रममा बालकको मृत्यु

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।



गुल्मीको सत्यवती गाउँपालिका ६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शुक्रबार दिउँसो माछा मार्न खोलामा गएका मियाँ घरमा नआएपछि खोजी भएको थियो । यस क्रममा उनको शव खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट