माधवले छाडेपनि अझै हटेको छैन ओलीको दुख : पिलो निचोरियो, खील जहाँको त्यहीं !-Sutra News

माधवले छाडेपनि अझै हटेको छैन ओलीको दुख : पिलो निचोरियो, खील जहाँको त्यहीं !

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

अध्यक्ष केपी शर्मा ओलीसँग चलिरहेको लामो अन्तरसंघर्षलाई बीट मार्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दलको अध्यक्ष बनेका छन् । नेकपा एमाले समाजवादी नामको दल निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिएको नेपाल समूहसँग साविक एमालेबाट ५८ जना केन्द्रीय सदस्य र ३१ सांसद रहेका छन् ।



२०३ केन्द्रीय सदस्य र १२१ सांसद रहेको एमालेबाट नयाँ दलमा जानेको उल्लेखित संख्या निकै कम हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यतिबेला जो नेपाल नेतृत्वको दलमा गएनन्, उनीहरू भारि पर्ने सम्भावना देखिएको छ ।

नयाँ पार्टी बनाएर अघि बढ्नुपर्छ भन्दै निकै पहिलादेखि नेता नेपालको साथमा रहेका भीम रावल यतिबेला संस्थापनमै बस्ने निर्णय गरे । रावल तिनै हुन्, जसको झोलामा नयाँ दलको विधान र अन्य दस्तावेज तयारी अवस्थामा हुन्थ्यो ।

स्रोत भन्छ – ‘केही साता अघि बालुवाटारमा ओलीसँग वान टू वान वार्ता नहुने बेलासम्म नयाँ पार्टीको प्रस्तावित विधान रावलको झोलामै थियो । त्यसपछि ओलीसँग कुन्नी के कुरा भयो, उनले झोलाबाट नयाँ दलको विधान निकालेर मिल्क्याए । त्यसपछि उनले कार्यदलको बैठकमा ओलीकै भाषा बोल्न थालेका हुन् ।’

रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई रघुजी पन्त, भीम आचार्य र युवराज ज्ञवाली स्थायी कमिटीका केही नामहरू हुन्, जसले अन्तिम अवस्थामा आएर नेता नेपालको साथ छोडेका छन् । उनीहरू नेता नेपाललाई नयाँ पार्टी बनाउन उक्साउने र अन्तिम अवस्थामा आएर ओलीसँग सम्झौता गर्ने सम्झौतापरस्त नेताका रूपमा चिनिएका छन् ।

यिनै नेताहरूका कारण ओलीको तनाव कम भएको छैन । ओलीनिकट एक नेता भन्छन् – ‘पार्टीबाट माधव त आउट भए, तर माधव प्रवृत्ति जस्ताको त्यस्तै रह्यो । उनीहरू (माधव नेतृत्वको दल) त अब नयाँ पार्टीमार्फत खुरुखुरु राजनीतिक संगठन बनाएर अघि बढ्लान् तर संस्थापन पक्षमा रहेका नेपाल पक्षीय नेताहरूले पार्टीलाई पुनः विभाजनतिर धकेल्ने सम्भावना देखिएको छ ।’

तत्काल नेपाल पक्षमा लाग्न नसकेका केही नेताहरूले ओलीलाई दह्रो गरी साथ दिने सम्भावना पनि देखिएको छैन । नेपाल समूहमा रहेका तर अन्तिम अवस्थामा संस्थापनमै रहेका नेता ठाकुर गैरेले सूत्रन्यूजसँग भने – ‘अझै पनि एकताको प्रयास जारी छ । हामी माधव कमरेडको दलमा लागेका छैनौं, यसको अर्थ हामी केपी कमरेडलाई बलियो गरी साथ दिन्छौं भन्ने पनि होइन ।’

गैरेको भनाइबाट प्रष्ट बुझ्न सकिन्छ कि नेता नेपालले छोडेर गए पनि ओलीका दुख सकिएका छैनन् । नेकपाकालीन स्थायी कमिटी बैठकमा ओलीको चर्को आलोचना गर्ने र राजीनामा माग्नेमध्येका धेरै नेताहरू अहिले नेपालले खोलेको नयाँ दलमा नजानुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।

यतिबेला ओलीको शरीरबाट पिलो त निचोरिएको छ, तौल पनि नगण्य मात्रामै घटेको होला । तर नेता नेपालले खील भने ओलीको शरीरमै छोडेर हिँडेका छन् । त्यतिबेला ओलीको प्रखर विरोध गरेका कतिपय नेताहरू संस्थापन पक्षमै रहने निर्णय गरेका छन् । ती नेताहरू एमालेमा हुन सक्ने सम्भावित अर्को विद्रोहको कारक बन्न सक्छन् ।

नेपालनिकट एक नेताले सूत्रन्यूजसँग भने – ‘केही दिनअघि क्वालिटी बैंकटमा बसेकै बैठकमा माधव कमरेडले तपाईंहरू आफ्नो बाटो रोज्न स्वतन्त्र हुनुहुन्छ भन्दै बाटो खोलिदिनु भएको थियो । त्यही सुविधालाई उपभोग गर्दै कतिपय नेताहरू नयाँ दलमा आउन चाहनुभएन । यसको अर्थ उहाँहरू ओलीको दास भएर बस्न चाहनुहुन्छ भन्ने होइन । त्यहाँ (एमालेमा) पुनः अर्को विद्रोह आवश्यक छ, त्यो छोडिएका कमरेडहरूले पूरा गर्नुहुनेछ ।’

यसै सन्दर्भमा एक प्रसंगको चर्चा गरौँ । पुस ५ गते ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो पटक विघटन गरेपछि तत्कालीन नेकपा दुईचीरा परेको थियो । ७ गते ओलीले आफूनिकट केन्द्रीय कमिटीका नेताहरूलाई बालुवाटार बोलाएर गरेको सम्बोधनमा भनेका थिए – ‘पिलो निचोर्दैमा शरीरको तौल घट्दैन ।’

यतिबेला ओलीको शरीरबाट पिलो त निचोरिएको छ, तौल पनि नगण्य मात्रामै घटेको होला । तर नेता नेपालले खील भने ओलीको शरीरमै छोडेर हिँडेका छन् । त्यतिबेला ओलीको प्रखर विरोध गरेका कतिपय नेताहरू संस्थापन पक्षमै रहने निर्णय गरेका छन् । ती नेताहरू एमालेमा हुन सक्ने सम्भावित अर्को विद्रोहको कारक बन्न सक्छन् ।

ओलीको सिरानीमा आजसम्म पनि छ – सुरेन्द्र पाण्डेले लगाएको ११ बुँदे आरोपपत्र

आठौँ महाधिवेशनमा नेता सुरेन्द्र पाण्डेले ओलीमाथि ११ आरोप लगाउँदै पत्रसमेत पेश गरेका थिए । ती आरोपमध्ये कतिपय संगीन आरोपहरू छन् । तीमध्ये प्रहरीसँग मिलेर तस्करी गरेको र हप्ता उठाएको, भारतीय खुफिया एजेन्सी ‘रअ’सँगको उठबस मुख्य थिए । पाण्डेले ओलीको व्यक्तिगत र नैतिक आचरणका सम्बन्धमा पनि कुरा उठाएका थिए ।

त्यतिबेला आफ्नो चरित्रहत्या गर्ने प्रयास गरेको भन्दै पाण्डेलाई ‘उपयुक्त समयमा देखाइदिने’ चेतावनीसमेत दिएका थिए । नवौं महाधिवेशनमा महासचिव लडेका पाण्डेलाई हराएर ओलीले ईश्वर पोखरेललाई जिताउन भूमिका खेले । ओलीले आफूमाथिको त्यो संगीन आरोपपत्र अझै सम्म पनि सिरानीमै राखेर सुत्ने गरेको चर्चा चलेको छ ।

गत माघ १८ गते पाण्डेले माइतीघरमा ओलीमाथि अर्को संगीन आरोप लगाए । ‘प्रधानमन्त्री (तत्कालीन) ओलीले २३ माघमा हिन्दू राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चलिरहेको छ,’ पाण्डेको आरोप थियो, ‘हिजो ऋषि देवकोटा आजादको हत्या गर्नेहरू नै अहिले ओलीको प्रशंसा गरिरहेका छन् । त्यो कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् भन्ने सुनेको छु ।’

त्यतिमात्र होइन पाण्डेले पहिलोपटक प्रतिनिधि सभा पुनःस्थापना भएपछि चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीलाई राममन्दिर बनाएर पूजारी राख्नुपर्ने अभिव्यक्ति दिएका थिए । राजनीतिमा ‘प्रतिशोधी प्रवृत्ति’को प्याटेन्ट राइट रहेको मानिएका ओलीले पाण्डेको आरोपलाई राजनीतिक हिसाबले मात्र लिने सम्भावना छैन । तत्काल प्रलोभन या दबाबमा पारेर पाण्डेलाई आफूतर्फै राख्न सफल भएपनि यो उनको तत्कालीन योजना मात्र देखिन्छ ।

ओलीकै निर्देशनमा रावलको फोटो कुकुरको घाँटीमा झुन्ड्याइएको थियो

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकतालाई खण्डित गरेर पूर्ववत दुई पार्टीहरू ब्युँताउने निर्णय गर्यो । तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्ट एमालेमै रहने निर्णय गरेपछि ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठक बोलाएर भट्टलाई सुदूरपश्चिमको इन्चार्ज बनाइदिए ।

त्यसपछि भट्ट र रावल समर्थकबीच सुदूरपश्चिममा अनेकन संघर्ष चले । ओली समूहका कार्यकर्ता यति उग्र थिए कि कुकुरको घाँटीमा रावलको फोटो झुन्ड्याइयो । रावलले त्यतिबेला बालुवाटारको निर्देशनमा आफ्नो अपमान गरिएको भन्दै पार्टी बैठकमा सुनाउँथे ।

त्यतिमात्र होइन रावलमाथि ओली समूहले ३० लाख चोरी गरेको आरोपसम्म लगायो । तत्कालीन नेकपाको प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता मानिने रावलले सुदूरपश्चिम कमिटीको खाताबाट ३० लाख निकालेको स्वीकार गरिसकेका छन् ।

त्यसपछि रावल समर्थकले भट्टको तस्वीरलाई पनि त्यही हालत बनाए । राजनीतिक प्रतिशोधका आधारमा दुवै नेताका कारणले केही कुकुरले दुख पाएका थिए ।

ओली प्रधानमन्त्री रहँदा प्रेस सल्लाहकारको जिम्मेवारी सम्हालेका सूर्य थापा र रावलबीच चलेको आरोप प्रत्यारोप अर्को स्मरणयोग्य विषय हो । रावलले प्रधानमन्त्री कार्यालयबाट नै आफूलाई ज्यानको धम्की आएको आरोप लगाए । थापाले बेलायती राजकुमारी डायनाको प्रसंग निकाल्दै पापाराजीका कारण उनको हत्या भएको आशयका साथ फेसबूक स्ट्याटस लेखेका थिए । रावललक्षित उक्त स्ट्याटसलाई रावलले आफूमाथि ज्यान मार्ने धम्कीको रूपमा लिए ।

त्यतिमात्र होइन रावलमाथि ओली समूहले ३० लाख चोरी गरेको आरोपसम्म लगायो । तत्कालीन नेकपाको प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता मानिने रावलले सुदूरपश्चिम कमिटीको खाताबाट ३० लाख निकालेको स्वीकार गरिसकेका छन् ।

एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले भीम रावललाई कुनै हालतमा नेता नस्वीकार्ने बताउने गरेका छन् । ‘इन्चार्ज लेखराज भट्ट भइहाल्नुभयो, अध्यक्ष म छु । अब रावल यता किन आउने, के काम गर्ने हो ? उतै लैजानुस्,’ केही दिनअघि थापासँग फोनमा कुरा गरेका नेपाल निकट एक नेताले उनको भनाइ उदृत गर्दै सूत्रन्यूजसँग भने ।

माथि उल्लेखित अन्तरविरोधहरू एमालेको संस्थापन पक्षका केही प्रतिनिधि अन्तरविरोध मात्र हुन् । यस्ता धेरै मनमुटावहरू छन्, जसका कारण संस्थापन पक्षतिरै छोडिएका नेताहरू अन्तरघुलन हुने सम्भावना निकै न्यून छ ।

पीप निस्क्यो, खील निस्केन !

नेपालनिकट नेता जगन्नाथ खतिवडा भन्छन्,  ‘उहाँ (नयाँ दलमा नआएका नेता)हरूमा विद्रोही स्वभाव छ, जसलाई ओलीले बिल्कुलै मन पराउँदैनन् । ओलीलाई चाहिएको दास हो, नेता होइन । उहाँहरू केही दिनको पाहुना भएर उता बस्नुहोला तर अन्ततः ओलीले आफ्नो रुप देखाउन शुरू गरेपछि हामीतिरै आउन बाध्य हुनुहुन्छ ।’

खतिवडाले ओली समूहमा पुनः विद्रोह हुने र त्यसको नेतृत्व नयाँ दलमा नआएका स्थायी कमिटी सदस्यहरूले गर्ने दाबी गरेका छन् । यसअघि देखिएका कैयौं अन्तरविरोधहरूमा खतिवडाको भनाइ पुष्टि गर्ने आधार लुकेको छ ।

ओली चाहन्थे पार्टीबाट नेपालसँगै केही हार्डलाइनर नेताहरू पनि बाहिरिउन् । त्यसो हुन सकेन । एकता र सहमतिका लागि भन्दै सबैभन्दा बढी ओलीलाई दबाब दिने नेताहरू नै नेपालसँग जान चाहेनन् । नेपाल भन्दा बढी विद्रोही स्वभावका नेताहरूले संस्थापन पक्ष छोड्ने छाँटकाँट नदेखाएपछि उनीहरूको व्यवस्थापन ओलीका लागि थप चुनौतीको विषय बनेको छ । ओलीनिकट नेताहरूले भन्न थालेका छन् – ‘पीप त निकालियो, खील यहीं गढिरहेको छ ।’

यसअघि पार्टी विवाद समाधान गर्ने उद्देश्यले गठित १० सदस्यीय कार्यदलले गत असार २७ गते दश बुँदे सहमति गरेको थियो । दश बुँदेको अपनत्व ओलीले लिइसकेका छन् । तर त्यसको कार्यान्वयन नभएको भन्दै एकताका लागि प्रयास गर्ने नेपालनिकट नेताहरूले आजसम्म पनि गुनासो गर्ने गरेका छन् ।

नेता नेपाल नै पार्टीबाट बाहिरिएपछि ओलीलाई दश बुँदे अक्षरसः पालना गर्नुपर्ने बाध्यता हुनेछैन । यसको छनक उनले पटक-पटक बैठक बसेर विधान अधिवेशन र पार्टीको महाधिवेशनको मिति तय गर्नुमा लुकेको छ । एमालेका तत्कालीन नेपाल समूहका नेताहरू (जो अहिले नेपालसँग छैनन्)ले दश बुँदेकै आधारमा एकलौटी गतिविधि नगर्न माग गरिरहेका थिए, ओलीले त्यसलाई टेरपुच्छर लगाएनन् ।

ओली चाहन्थे पार्टीबाट नेपालसँगै केही हार्डलाइनर नेताहरू पनि बाहिरिउन् । त्यसो हुन सकेन । एकता र सहमतिका लागि भन्दै सबैभन्दा बढी ओलीलाई दबाब दिने नेताहरू नै नेपालसँग जान चाहेनन् । नेपाल भन्दा बढी विद्रोही स्वभावका नेताहरूले संस्थापन पक्ष छोड्ने छाँटकाँट नदेखाएपछि उनीहरूको व्यवस्थापन ओलीका लागि थप चुनौतीको विषय बनेको छ । ओलीनिकट नेताहरूले भन्न थालेका छन् – ‘पीप त निकालियो, खील यहीं गढिरहेको छ ।’

दश बुँदे सहमति अक्षरसः पालना नभएको गुनासो गर्ने गोकर्ण बिष्ट र योगेश भट्टराईलगायतका नेताहरूसँग ओलीले बोलाएको बैठकमा निशर्त सहभागी हुँदा नैतिक प्रश्न उठ्ने सम्भावना छ भने सहभागी नहुँदा घरको न घाटको भइने त्रास छ । त्यसैले माधवकुमार नेपाल बिनाको एमालेमा थप अर्को विद्रोह निशर्त र अनिवार्य भइसकेको नेपालनिकट नेताहरूको तर्क छ ।

स्रोतको दाबीअनुसार शाक्यले मुख्यमन्त्री हुनुअघि नेता नेपाललाई फोन गरिन् । नयाँ दल दर्ताको चटारोमा रहेका नेपालले शाक्यको फोन देख्नेबित्तिकै उठाए । शाक्यले हेटौंडाको परिस्थिति ब्रिफिङ गरेपछि नेता नेपालले भने – ‘यताको चिन्ता नलिनुस अष्ट कमरेड, मुख्यमन्त्री बनिहाल्नुस् । बाँकी कुरा गर्दै गरौंला ।’

माधव नेपालको ‘स्ट्र्याटिजिक मुभ’ !

एमालेको कानूनी विभाजनअघि नेपालको एउटा चट्टानी अडान थियो – ‘ओलीसहितको पार्टी एकजुट हुन सक्दैन ।’ नयाँ पार्टी गठन गरेर नयाँ राजनीतिक यात्रा शुरू गरेपनि नेता नेपाललाई सूर्य चिह्न र पार्टीको नामको मोह त छँदैछ ।

‘नेता नेपालले पार्टी एकताका लागि प्रयास गरिरहेका जतिपनि स्थायी कमिटी सदस्यहरूलाई भेट्नुभयो, तपाईं त्यहीं बसेर विद्रोह गर्नुस्, ओलीबाट पार्टीलाई मुक्त गराउने प्रयास गर्नुस्, हामी एक हुनु त छँदैछ नि !’ नयाँ दलका एक केन्द्रीय सदस्यले सूत्रन्यूजलाई भने ।

नयाँ पार्टी दर्ता भएकै दिन वागमतीमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको सपथ लिइन् । ओलीका विश्वासपात्र डोरमणि पौडेलले सहजै राजीनामा दिए । नेता नेपालको नयाँ दलमा सामेल नहुने निर्णयसँगै मुख्यमन्त्रीको उपहार शाक्यले पाएकी हुन् ।

नेता नेपालबाट ग्रीन सिग्नल पाएपछि शाक्य मुख्यमन्त्री हुन तयार भइन् । त्यसयता शाक्य र नेपालबीच आधादर्जन पटक कुराकानी भइसकेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेको प्रावधान अनुसार २१ दिनभित्र नयाँ दलमा जान चाहने प्रदेश र स्थानीय जनप्रतिनिधिको पद सुनिश्चित हुने व्यवस्थालाई सुविधाका रूपमा लिने सहमति दुवैबीच रहेको अनुमान राजनीतिक वृत्तमा छ । प्रदेश १ को केसमा पनि लगभग त्यस्तै सिनारियो देखिन्छ ।

स्रोतको दाबीअनुसार शाक्यले मुख्यमन्त्री हुनुअघि नेता नेपाललाई फोन गरिन् । नयाँ दल दर्ताको चटारोमा रहेका नेपालले शाक्यको फोन देख्नेबित्तिकै उठाए । शाक्यले हेटौंडाको परिस्थिति ब्रिफिङ गरेपछि नेता नेपालले भने – ‘यताको चिन्ता नलिनुस अष्ट कमरेड, मुख्यमन्त्री बनिहाल्नुस् । बाँकी कुरा गर्दै गरौंला ।’

नेता नेपालबाट ग्रीन सिग्नल पाएपछि शाक्य मुख्यमन्त्री हुन तयार भइन् । त्यसयता शाक्य र नेपालबीच आधादर्जन पटक कुराकानी भइसकेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेको प्रावधान अनुसार २१ दिनभित्र नयाँ दलमा जान चाहने प्रदेश र स्थानीय जनप्रतिनिधिको पद सुनिश्चित हुने व्यवस्थालाई सुविधाका रूपमा लिने सहमति दुवैबीच रहेको अनुमान राजनीतिक वृत्तमा छ । प्रदेश १ को केसमा पनि लगभग त्यस्तै सिनारियो देखिन्छ ।

पछिल्ला गतिविधिहरू हेर्दा नेता नेपालले धेरै सोचविचार गरेरै तत्काल दल दर्ता गर्ने र पछि सबैलाई समेट्दै जाने रणनीति अख्तियार गरेको जस्तो देखिएको छ । आफूतिर एमालेको सानो समूह आएपनि कालान्तरमा ‘ओलीको जुवा काँधमा बोकेर’ धेरै नेताहरू हिंड्न नसक्ने नेता नेपालको बुझाइ छ । एमालेभित्र अन्तरविरोधको बिऊ रोपेर नेता नेपाल बाहिर निस्किएका त छन् तर उनले हिंड्न खोजेको बाटो कति सहज छ, त्यो भविष्यले नै निर्क्योल गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट