पहिरो पन्छाउने क्रममा एकको निधन-Sutra News

पहिरो पन्छाउने क्रममा एकको निधन

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

त्रिशूली- नुवाकोटको बेलकोटगढी नगरपालिका-५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको निधन भएको छ ।



घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार आज बिहान २:३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लागिएको छ ।

पहिराले घरसमेत जोखिममा परेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट