करेन्ट लागेर दुई जनाको मृत्यु-Sutra News

करेन्ट लागेर दुई जनाको मृत्यु

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौं- धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।



क्षीरेश्वरनाथ नगरपालिका-३ स्थित पर्सा टोलका पुरन यादवको घरमा आयोजित हनुमान आराधाना कार्यक्रममा मंगलबार साँझ करेन्ट लागेर दुईजना भजन मण्डलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका-३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादव रहेका छन् ।

आराधनाको क्रममा पानी परेको बेला माइकमा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट