खोलाले बगाएर आमा-छोराको मृत्यु, दुई किलोमिटर तल भेटियो शव-Sutra News

खोलाले बगाएर आमा-छोराको मृत्यु, दुई किलोमिटर तल भेटियो शव

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

दाङ- दाङमा ग्वार खोलाले बगाउँदा आमा छोराको मृत्यु भएको छ ।



जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार सोमबार दिउँसो २ बजेतिर गखोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालकाअनुसार सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएका उनीहरुको शव दुई किलोमिटर तल भेटिएको थियो । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट