गोकुल बाँस्कोटाको दाबी– आज माधव नेपालले कलम पार्टी घोषणा गर्दैछन्-Sutra News

गोकुल बाँस्कोटाको दाबी– आज माधव नेपालले कलम पार्टी घोषणा गर्दैछन्

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौं- नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले छुट्टै पार्टी घोषणा गर्न लागेको दाबी गरेका छन् ।



मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आज बोलाएको केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ बताएका छन् ।

वरिष्ठ नेता नेपालले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बेन्क्वेटमा आफूपक्षीय केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।

नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाएका थिए । यस्तै नेपाल निकट केही कार्यकर्ताले चुनाव चिन्ह कलम राखी नेकपा (एकीकृत) नामक दल दर्ता गरेका थिए ।

बाँस्कोटाले सोही सन्दर्भ जोड्दै माधव नेपालले ‘कलम पार्टी’ बनाउन लागेको दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट