भेट्न गएका उपेन्द्रलाई प्रचण्डको सुझाव– पार्टी फुट्नु राम्रो होइन, मिलाउनुस्-Sutra News

भेट्न गएका उपेन्द्रलाई प्रचण्डको सुझाव– पार्टी फुट्नु राम्रो होइन, मिलाउनुस्

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । स्वदेश फर्किए लगत्तै उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । मंगलबार बिहान काठमाडौं ओर्लिएका यादवले लगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।



भेट विदेश भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जनाइएअनुसार प्रधानमन्त्री प्रचण्डले पार्टी एकताबद्ध बनाएर अगाडि जान यादवलाई सुझाब दिएका छन् ।

“पार्टीहरु फुट्नु सुखद विषय होइन, यसले सही सन्देश प्रवाह हुँदैन, तपाइँहरुको आन्तरिक विषय मिलाएर जानुस्, पार्टी जुटाउनुस्”, प्रधानमन्त्रीले यादवलाई भनेका कुराको उद्र्धत गर्दै प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने ।

यादव विदेश भ्रमणमै रहेको बखत अशोक राईको नेतृत्वमा सात सांसदले नयाँ पार्टी गठन गरेका छन् । राई नेतृत्वको नयाँ दल जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले पनि मान्यता दिइसकेको छ ।

यद्यपि, दल दर्ताको विषयमा यादव पक्ष असन्तुष्ट छ । यादव पक्षले कानुनी उपचार खोज्ने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट