लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता-Sutra News

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।



मंगलबार विपक्षी दल नेकपा माओवादी, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव राख्दै ३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । 

हिजो मात्र विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई संविधानको १६८(२) अनुसार मिलिजुली नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निवेदन पेश गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट