प्रधानमन्त्रीलाई योगेशको चेतावनी- अब समय सुरु भयो, हेक्का रहोस् !-Sutra News

प्रधानमन्त्रीलाई योगेशको चेतावनी- अब समय सुरु भयो, हेक्का रहोस् !

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ । पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको कामप्रति प्रश्न उठाएका छन् ।



प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेता भट्टराईले सरकारले आफ्नो प्राथमिकतामा खोप राखेको तर अहिलेसम्म नागरिकहरुलाई आवश्यक खोपको व्यवस्था नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले ६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले पूर्ण खोप पाएको, १४ प्रतिशतले पहिलो मात्राको खोप पाएको र देशका १६ हजार खोप केन्द्रमध्ये तीन हजार खोप केन्द्र मात्रै परिचालित रहेको उल्लेख गरेका छन् ।

उनले देउवालाई समयको छुट नभएको बताएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीजी १ कोरोनाको रोकथाम र नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन, शङ्काको लाभ छैन र तपाईंको समय अब सुरु भएको छ । हेक्का रहोस् ।’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट