सर्पको टोकाइबाट बालिकाको मृत्यु-Sutra News

सर्पको टोकाइबाट बालिकाको मृत्यु

शनिबार, २६ असार २०७८

शनिबार, २६ असार २०७८

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको ज्यान गएको छ ।



सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।

राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताए ।

भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट