देशभर बाढीको बितन्डा [फोटोहरू]-Sutra News

देशभर बाढीको बितन्डा [फोटोहरू]

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौं- मंगलबार बिहानबाटै परेको अविरल वर्षाका कारण देशका तराईदेखि हिमाली जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्याएको छ ।



यो वर्ष प्रि-मनसुन र मनसुन केही चाँडै सक्रिय भएकाले मध्य जेठ र असार सुरुदेखि नै देशका अधिकांश जिल्लामा भारी वर्ष भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अविरल भारी वर्षाका कारण यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी–पहिरोले भौतिक र मानवीय क्षति पुर्‍याएको छ ।

मनसुन सुरू भएसँगै वर्षाका कारण प्रदेश १ र २ को सीमानामा पर्ने सप्तकोसी नदी आसपासदेखि सुदूरपश्चिमका बाजुरासम्मका क्षेत्रमा भौतिक र मानवीय क्षति पुगेको छ ।

हेर्नुहोस् केही तस्बिरहरू

badhi1.jpg

melmchi..jpg

tamghas..jpg

baglung..jpg

pahiro..jpg

gulmi..jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट