ग्याँस विस्फोटमा परेर १२ जनाको मृत्यु, १५० बढी घाइते-Sutra News

ग्याँस विस्फोटमा परेर १२ जनाको मृत्यु, १५० बढी घाइते

आइतबार, ३० जेष्ठ २०७८

आइतबार, ३० जेष्ठ २०७८

चीनको हुबे प्रान्तको शियान नगरमा ग्याँस विस्फोट भएको छ ।



विस्फोटमा परेर १२ जनाको मृत्यु भएको छ भने ४० जना घाइतेको अवस्था जटिल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे विस्फोट भएपछि जोखिममा परेका थप १५० जनाको उद्धार गरिएको छ ।

घटनामा परेर भएको क्षतिबारे पुरा विवरण नआएको एएनआईले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट