शिवरात्रीको साइतमा ‘जय सम्भो’-Sutra News

शिवरात्रीको साइतमा ‘जय सम्भो’

बुधबार, २६ फाल्गुन २०७७

बुधबार, २६ फाल्गुन २०७७

काठमाडौं- भोलि बिहीबार महाशिवरात्री । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रीको आफ्नै रौनक छ र महत्व छ । पशुपतिनाथ मन्दिर त्यसमाथि शिवरात्रीको साइत । नेपालदेखि भारतका विभिन्न मठमन्दिरबाट कतिपय साधुसन्त पशुपतिमा आइसकेका छन्, कोही आउँदै छन् ।



झण्डै ३ हजारको हाराहारीमा साधुसन्त पशुपति क्षेत्रमा आइसकेको आँकडा पशुपति क्षेत्र विकास कोषसँग छ । महाशिवरात्रीको अवसर छोपेर पशुपति क्षेत्रमा आउने साधुसन्त सबैका लागि आकर्षणको केन्द्र हुने गर्छन । आम मानिसको जीवन बाँच्ने शैलीभन्दा नितान्त फरकशैली हुने भएकोले पनि यहाँ आउने साधुसन्त सबैको नजरमा पर्ने गर्छन् ।

गाँजा खाने, अनौठो पहिरन लगाउने, लिंगले ढुंगा उचाल्ने उनीहरूको क्रियाकलापले धेरैलाई लोभ्याउँछ । आखिर उनीहरू आफूलाई भगवान् शिवको शिष्य जो मान्छन् । यसैले त होला, महाशिवरात्रीमा पशुपति आउने साधुसन्तहरूलाई सरकारदेखि सर्वसारणसम्मले श्रद्धा गर्छन् ।

साधुसन्तहरूको स्वरमा स्वर मिलाउँदै पशुपति पुग्ने भक्तजनदेखि रमितेसम्म सबैले एकै स्वरले भन्छन्-जय सम्भो !

shivaratri8.jpg

shivaratri 9.jpg

shivaratri.jpg

shivaratri 2.jpgshivaratri0.jpgshiva ratri 3.jpgShivaratri33.jpgshivaratri44.jpg

शब्द / तस्विर : भास्वर ओझा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट