४० दिनमा सकियो ‘कृष्ण-लीला’ काे छायांकन-Sutra News

४० दिनमा सकियो ‘कृष्ण-लीला’ काे छायांकन

मंगलबार, २१ पौस २०७७

मंगलबार, २१ पौस २०७७

काठमाडौं- प्रेमकथामा आधारित फिल्म ‘कृष्ण–लीला’ को छायांकन सकिएकाे छ । मंसिर दोस्रो सातामा झापाबाट सुरु गरिएको फिल्मको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । करिब ४० दिन निरन्तर खिचिएको फिल्मको निर्देशक दीपक ओली हुन् ।



‘कृष्ण–लीला’ मा अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा रहेको बताइएको छ । रोहित कट्टेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता तथा प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत र रामजी लामीछानेको कोरियोग्राफी छ ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईंलगायतका कलाकारले अभिनय गरेका छन् ।

आरआर फिल्मस्को ब्यानरमा निर्मित फिल्मको छायांकार शिव ढकाल हुन् । झापा, इलाम र पाँचथरका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी प्रस्तुतकर्ता रोहितले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट