बानियाँको ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार, ठटालले पाउने भइन् जगदम्बा श्री-Sutra News

बानियाँको ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार, ठटालले पाउने भइन् जगदम्बा श्री

आइतबार, ४ असोज २०७७

आइतबार, ४ असोज २०७७

काठमाडौं- चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ले २०७६ को मदन पुरस्कार पाउने भएको छ। बानियाँको महारानी उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीको आइतबारको बैठकले ‘जगदम्बा–श्री पुरस्कार’ चाहिँ शान्ति ठटाललाई दिने निर्णय गरेको छ।



अघिल्लो वर्षदेखि दोब्बर पारिएकाले दुबै लेखकले चार–चार लाखका दरले नगद प्राप्त गर्नेछन्। साथमा प्रमाणपत्र पनि हुनेछ। दुई दुई लाख रुपैयाँको पुरस्कार राशि अघिल्लो वर्ष बढाएर चार लाख रुपैयाँ बनाइएको थियो।

सो गुठीका अध्यक्ष कुन्द दीक्षितले आइतबार दिउसो ट्वीटमार्फत् दुबै पुरस्कारबारे जानकारी दिएका हुन्। ट्वीटनमा उनले भनेका छन्, ‘गुठीको बैठकले २०७६ को ‘जगदम्बा–श्री’ शान्ति ठटाल र मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँज्यूलाई अर्पण गर्ने निर्णय गरेको छ।’

गत वर्ष प्रकाशित पुस्तकमध्ये गुठीले १ सय ५१ वटा पुस्तक प्राप्त गरेको थियो। तीमध्ये विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्ट– खण्ड १–३’ चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित बिष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ गरी ११ पुस्तक अन्तिम छनोटमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट