ट्रिबाङ्गोले सिपिएल उपाधी जित्दा साहरुख खानको बधाई-Sutra News

ट्रिबाङ्गोले सिपिएल उपाधी जित्दा साहरुख खानको बधाई

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७
ट्रीबाङ्गो नाइट राइटर्सले क्यारेवियन प्रिमियर लिग(सिपिएल) २०२० को उपाधी जितेको छ।बिहिबार बेलुका ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भएको फाइनल  खेलमा सेन्ट लुसिया जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ट्रीबाङ्गोलाई १ सय ५५ रनको लक्ष्य दिएको थियो।जबाफी ब्याटिङमा ट्रीबाङ्गो नाइट राइडर्सले १८.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरि उपाधी जितेको थियो।क्यारेबियन प्रिमियर लिगको सातौँ संस्करण जितेको ट्रीबाङ्गोको यो चौथो सिपिएल उपाधी हो। 
 
वेष्ट इण्डिजमा ट्रीबाङ्गो नाइट राइडर्सले सिपिएल उपाधी जितेपछी बलिउड सुपर स्टार साहरुख खानले उत्साहित हुँदै टिमलाइ बधाई दिएका छन।घरमै बसेर फाइनल खेल हेरेका साहरुखले सामाजिक सन्जालामा बधाई दिएका थिए।उनले लेखेका छन,`टृबाङ्गो नाइट राइडर्स हामीले जित्यौँ।अति उत्तम प्रदर्शन केटा हो…तिमीहरुले गर्विलो बनायौ। भिडबिना नै  हाम्रो पार्टि खुशी भयो,हामिलाइ गौरव गरायौ।ट्रीबान्ङो नाइट राइडर्स अनि मेरो फेबरेट ड्यारेन ब्रावो स्याबास,तिमिहरुलाई धेरै माया छ! ब्रेन्डन म्याकलम आइपिएलमा आउ,माया छ तिम्लाई।धन्यवाद ट्रीबाङ्गो सिपिएल टि २० उपाधीको लागि।´
 
साहरुख खानले फाइनल खेल हेर्दै टिमले उपाधी जितेपछि टेलिभिजनमै खेलाडीसँगको सेल्फी खिचेर पोष्ट गरेका थिए।साहरुक खानको इन्डियन प्रिमियर लिग खेल्ने टिम कोलकत्ता नाइट राइडर्सले क्यारेबियन लिगमा टृबाङ्गो नाइट राइडर्सको नामबाट प्रतियोगिता खेलेको थियो।यस टिमले प्रतियोगितामा  खेलेको १२ खेलमा सत प्रतिशत खेल जित्दै उपाधी जित्न सफल भएको थियो।अबको केही दिन पछि इन्डियन प्रिमियर लिग युएइको दुबैमा सुरु हुँदै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट