फिफाको रेटिङप्रति एमबाप्पे आक्रोशित-Sutra News

फिफाको रेटिङप्रति एमबाप्पे आक्रोशित

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

एजेन्सी– फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको फुटबल खेलाडीको रेटिङप्रति फुटबलर किलियन एमबाप्पेले आक्रोश व्यक्त गरेका छन्।



फिफाले बिहीबार सार्वजनिक गरेको रेटिङअनुसार उनी एथलेटिको मड्रीडका गोल किप्पर ज्यान ओब्लाक र लिभरपूलका डिफेन्डर भर्जिल भानडाइकभन्दा पनि पछि परेपछि उनी आक्रोशित भएका हुन्।

उनी आठौँ स्थानमा छन्। फिफाले रेटिङ सूची सार्वजनिक गरे लगत्तै उनले इन्स्टाग्राममा एक तस्बिर पोष्ट गर्दै आक्रोश पोखेका छन्।

उनले फिफा २०२१ को अफिसियल अकाउन्टलाई मेन्सन गर्दै रिसाएको एमोजीसहित पोष्ट सार्वजनिक गरेका छन्। तर, एमबाप्पेको र्‍याङ्किङ स्थान र रेटिङविन्दु दुवैमा सुधार भएको छ। गतवर्षको वरियता अनुसार उनी र्‍यान्किङ सूचीको ११ औँ स्थानमा थिए ।

युवा अवस्थामै विश्वकप उपाधि जितेका एमबाप्पेलाई सायद यसपटक धेरै माथिको रेटिङ पाउने अपेक्षा हुनु स्वभाविक हो। गत सिजन पिएसजीलाई लिग वान, फ्रेन्चकप लगायत उपाधि जिताएका उनले टिमलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याउन सहयोग गरेका थिए।

 

ffff.jpg

गत सिजनमा उपाधिविहीन बनेका बार्सिलोनाका लियोनल मेस्सी ९३ रेटिसहित पहिलो स्थानमा छन् भने युभेन्टसका रोनाल्डो ९२ रेटिङ सहित दोस्रो स्थानमा छन्।

यसपटक मेस्सी र रोनाल्डोको वरियतामा १–१ अंकको गिरावट आएको छन्। व्यक्तिगत रूपमा मेस्सीको प्रदर्शन गत सिजन पनि उच्च नै रहेको थियो।

एमबाप्पेको रिस मेस्सी पहिलो स्थानमा पर्नुप्रति पक्कै होइन भन्ने सजिलै अनुमान लगाउन सकिन्छ। किनकी उनले मेस्सीसँग दाँजो लिने बेला भएको छैन।

उनको रिसको संकेत यो हुन सक्छ कि, च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट भएका लिभरपूलका भर्जिल भान डाइक, अन्तिम आठबाटै आउट भएका एटलेटिको मड्रीडका गोल किप्पर ज्यान ओब्लाक र अन्तिम आठबाटै आउट भएका म्यान्चेष्टर सिटिका केभिन डिब्रुयना उनी भन्दा अगाडि छन्।

तर, विश्वकप जितिसकेका एमबाप्पेले फिफाको रेटिङमा उपाधिले मात्रै खास अर्थ राख्दैन भन्ने बुझ्न चाँहि जरूरी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट