विदेशबाट भित्रिने रेमिट्यान्समा ०.५ प्रतिशतको गिरावट-Sutra News

विदेशबाट भित्रिने रेमिट्यान्समा ०.५ प्रतिशतको गिरावट

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

काठमाडौं- विदेशबाट भित्रने रेमिट्यान्समा ०.५ प्रतिशतको गिरावट आएको छ। अघिल्ल्लो आर्थिक वर्ष २०७५-७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स गत आर्थिक वर्ष २०७६-७७ मा ०.५ प्रतिशले घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।



राष्ट्र बैंकका अनुसार कोरोना भाइरसको असरकाबीच गत आर्थिक वर्षमा आर्थिक वर्ष २०७६-७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।

अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो। उता वैदेशिक रोजगारीमा जानेको संख्या पनि गत वर्ष गिरावट आएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६-७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ।

अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट